मंसिर २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा भीरबाट खसेर एक पुरुषको ज्यान गएको छ। जिल्लाको प्रहरी कार्यालयका सूचना अधिकारी लोकबहादुर दियालीका अनुसार ४२ वर्षीय शहरमान राई घरबाट सदगाउँतर्फ जाँदै गर्दा साँघुरो भिरालो बाटोमा चिप्लिएर खसेका थिए।
शुक्रबार साँझदेखि बेपत्ता रहेका राईको खोजी कार्य जारी राखिएको थियो। शनिबार बिहान प्रहरीले उनलाई भीर तल मृत अवस्थामा फेला पारेको दियालीले बताउनुभयो । कानूनी प्रक्रिया पूरा गरेपछि मृतकको शव परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।










Discussion about this post