मंसिर २२, सोलुखुम्बु । आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस सोलुखुम्बुले मंसिर २५ मा उम्मेदवार सिफारिस गर्ने भएको छ । केन्द्रको परिपत्र र मापदण्ड अनुसार उम्मेदवार सिफारिस गर्नका लागि जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले मंसिर २५ का लागि जिल्ला कार्य समितिको बैठक आव्हान गरेका हुन् ।
पार्टी कार्यलयमा बस्ने बैठकमा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, जिल्ला समितिका पुर्व सभापतिहरु, कार्य समितिका सबै ब्यक्ति र क्षेत्रीय कार्यसमितिका सभापतिहरुलाई बोलाईएको जिल्ला सभापति शेर्पाले जानकारी दिए । बैठकले राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवारको नाम सिफारिस गर्नेछ ।
बैठकको मिति तय गर्नु अघि काँग्रेस केन्द्रिय सदस्यद्घय बलबहादुर केसी र आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पा र पुर्व सभापति विनोद बस्नेत सहित ४ जना नेताहरु बसेर बैठक बारे भद्र सहमति गरेको जनाईएको छ ।










Discussion about this post