Saturday, October 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

Radio Everest by Radio Everest
December 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २२, सोलुखुम्बु । एमाले ओखलढुंगा र धनकुटा जिल्लामा देखिएको नेकपा एमालेको ११ औँ अधिवेशनका लागि प्रतिनिधि छनौट विवाद टुङ्गिएको छ । ओखलढुंगामा केपी शर्मा ओली पक्षका चार जना प्रतिनिधि समेट्ने र धनकुटामा असन्तुष्ट पक्षका २ जना समेट्ने सहमति भएपछि विवाद टुङ्गिएको हो । ओखलढुंगामा यसअघि जिल्लाबाट १२ जना प्रतिनिधि मतदानबाट छनौट भएका थिए । त्यसक्रममा सबै पार्टी अध्यक्ष केपी शर्मा ओली इतर पक्षधर थिए ।

आफू पक्षका कुनै पनि प्रतिनिधि छनौट नभएपछि एमालेको संगठन विभागले त्यसलाई अस्वीकार गर्दै पुनः निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, पटकपटकको छलफलपछि मङ्सिर १३ गतेको प्रतिनिधि चयन प्रक्रिया बहिष्कार गरेको पक्षलाई ४ प्रतिनिधि दिएर मिलाइएको ओखलढुंगाको संस्थापन इतर पक्षले जनाएको छ । ओली पक्षबाट पूर्वजिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारीलाई महाधिवेशन प्रतिनिधि बनाउने सहमति भएको छ । अन्य आठ जना प्रतिनिधि भने पोखरेल पक्षका छन् ।

जिल्ला कमिटी अध्यक्ष जीबी खड्का, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे पोखरेल पक्षधर हुन् । उता, निर्वाचन जितेका दुई जना प्रतिनिधिलाई फिर्ता बोलाएर असन्तुष्ट पक्षका दुई जनालाई अवसर दिएपछि धनकुटाको विवाद पनि समाधान भएको छ । गत मङ्सिर १३ गते भएको निर्वाचन प्रक्रिया र त्यसपछिको विवादले उग्र रूप लिएपछि केन्द्रको निर्देशनमा पुनः निर्वाचनको तयारी भइरहेको थियो ।

तर, अन्तिम समयमा आएर निर्वाचन प्रक्रियामा नगई राजनीतिक सहमतिका आधारमा विवाद मिलाइएको हो । मङ्सिर १३ गते ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनलाई नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुली पक्षले बहिष्कार गरेको थियो । पराजुली पक्षको बहिष्कारका बाबजुद भएको निर्वाचनबाट संस्थापन राजेन्द्र राई पक्षका उम्मेदवारहरू भारी मतका साथ विजयी भएका थिए । निर्वाचनबाट खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका थिए ।

यस्तै महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले तथा युवातर्फ सरोज राई निर्वाचित हुँदा दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत भएका थिए । तर, पराजुली पक्षले एकलौटी निर्वाचन भएको भन्दै केन्द्रमा उजुरी दिएपछि एमाले केन्द्रीय कार्यालयले स्वच्छ र निष्पक्ष निर्वाचन नभएको ठहर गर्दै ५ दिनभित्र पुनः प्रतिनिधि छनोट गर्न निर्देशन दिएको थियो । केन्द्रको निर्देशनपछि विवाद मिलाउन बसेको बैठकमा सहमति जुटेको हो । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र राई पक्षले त्याग देखाउँदै निर्वाचित भएका आफ्ना दुई प्रतिनिधिलाई फिर्ता बोलाएको छ भने पराजुली पक्षका दुई जनालाई थप गर्ने सहमति भएको छ ।

Previous Post

टाक्सिन्दुमा निःशुल्क ग्रामीण भिडियो एक्स–रे सेवा सञ्चालन गरिने

Next Post

थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
Next Post
थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

Discussion about this post

Everest Highlights

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly