मंसिर २३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुुखुम्बुमा अनाथ तथा असहाय बालबालिकालाई पढाउने लक्ष्यका साथ निनो होस्टल संचालनमा आएको छ । शेर्पा बालबालिका सहायता संघको अग्रसरतामा विभिन्न फ्रान्सेली दातृ निकायहरु र सोलुदुधकुण्ड नगरपालिकाको संयुक्त लगानीमा बनेको होस्टलको एक कार्यक्रमका विच नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गर्नु भएको छ ।
संस्थाको अध्यक्ष निमा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका ६ का सैयौँ स्थानीयको उपस्थिति रहेको थियो । करिब साँढे २ करोड रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको होस्टलमा ३० जना सम्म विद्यार्थी एकै साथ राखेर पढाउन सकिने छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शेर्पाले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रको विकासमा उल्लेख्य काम गरेको भन्दै यो होस्टलले जिल्ला भरिका अनाथ बालबालिकाहरुको शिक्षा सुनुश्चित गरेको बताउनु भयो ।संस्थाका अध्यक्ष निमा शेर्पाले जिल्लाका अनाथ बालबालिकालाई शिक्षा दिने आफ्नो सपना साकार भएको उल्लेख गर्नु भयो । सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले होस्टल स्थापनाले राज्यको विकास नितिलाई टेवा पुग्ने धारणा राख्नु भयो ।
दातृ निकायका प्रतिनिधिले पनि नेपालको विकट स्थानमा आएर सहयोग गर्न पाउँदा खुसी ब्यक्त गरेका छन् । कार्यक्रममा बोल्ने अन्य जन प्रतिनिधिहरुले पनि नगरको विकासमा निनो होस्टेलको स्थापनाले ठूलो योगदान पुग्ने र यसको ब्यवस्थापन साथै संचालनमा भुमिका खेल्ने बताएका छन् ।











Discussion about this post