मंसिर २३, सोलुखुम्बु । नेपाल रेडियोलोजिष्ट एसोसियसनको ३१औँ स्थापना दिवसको अवसरमा काठमाडौंस्थित सैनिक अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। समाजिक दायित्वसहित स्थापना दिवस मनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा एसोसियसनका अध्यक्ष डा. तेजेन्द्र कार्कीसहित पदाधिकारीहरूको उपस्थित रहेको थियो।
सैनिक अस्पतालका कमाण्डान्ट महासेनानी डा. कुमार रोका तथा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूको सक्रिय सहभागितामा बिहान ७ बजे देखि ८ बजेसम्म कार्यक्रम सञ्चालन गरिएको हो। एक घण्टा लामो उक्त अभियानअन्तर्गत १०० वटा बिरुवाहरू रोपिएको आयोजक संस्थाले जनाएको छ।
वृक्षारोपणमार्फत वातावरण संरक्षण तथा अस्पताल परिसरलाई थप स्वच्छ, हरियालीमय र सुव्यवस्थित बनाउन योगदान पुग्ने अपेक्षा आयोजकले व्यक्त गरेको छ। एसोसियसनले स्वास्थ्य सेवासँगै वातावरणीय जिम्मेवारीलाई पनि प्राथमिकता दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।












Discussion about this post