मंसिर २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सम्पन्न छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय विजय भएको छ । जनजागृतिले २० स्वर्ण, १४ रजत र १४ कास्य गरी कुल ४८ पदक जित्दै समग्र विजेता बनेको हो ।
यस्तै, ह्वाईट हिल्स माध्यमिक विद्यालयले १४ स्वर्ण, ११ रजत र १६ कास्य सहित ४१ पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ। सगरमाथा माध्यमिक विद्यालयले ११ स्वर्ण, ९ रजत र ७ कास्य सहित कुल २७ पदकमा रोकिएर तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट लगायत खेलहरु समावेश गरिएको आयोजकले जनाएको छ।
सो प्रतियोगिता शुक्रबार जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा उद्घाटन गर्नुभएको थियो । १४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा खेलाडी दर्ता निर्देशिका–२०७० को अनुसूची–४ मा उल्लेख गरिएका खेलहरूलाई मात्र समावेश गरिएको आयोजकको भनाइ छ ।










Discussion about this post