मंसिर २४, सोलुखुम्बु । खोटाङमा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा राष्ट्रिय मानव अधिकार आयोग खोटाङको संयुक्त आयोजनामा सञ्चालन भएको अभियान बुधबार औपचारिक कार्यक्रममार्फत समापन गरिएको हो ।
समापन दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मानव अधिकारचोकबाट प्रभातफेरी कार्यक्रम सुरु गरी त्रिवेणीचोक हुँदै समिक्षालय हलमा अन्तिम कार्यक्रम सम्पन्न गरिएको थियो । सहभागीहरूले लैङ्गिक हिंसा अन्त्य, मानव अधिकारको संरक्षण तथा समानतामूलक समाज निर्माणका लागि सबैले आ–आफ्नो भूमिकाबाट योगदान पु¥याउनुपर्ने धारणा राखेका थिए ।
१६ दिने अभियानको लक्ष्य समुदायमा जागरूकता फैलाउने, हिंसा प्रभावितको संरक्षण तथा न्याय पहुँच सुदृढ गर्ने मात्र नभई मानव अधिकारको सुनिश्चितताका लागि समन्वित प्रयास आवश्यक रहेको आयोजक संस्थाहरूले बताएका छन् ।
समापन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख दिपेश बस्नेत, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई, संविधान सभा सदस्य माननीय दुर्गा जयन्ती राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, रणभीम गणका प्रमुख सेनानी केदार प्रसाद लामिछाने, सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र न्यौपाने लगायत स्थानीय समाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।











Discussion about this post