मंसिर २४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङमा निर्माण गरिएको नयाँ वडा कार्यालय भवन आगामी पौष ४ गते उद्घाटन गरिने भएको छ । भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाद्वारा गरिने वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो ।
वडा कार्यालयको नयाँ प्रशासनिक भवन ग्रीनतारा कन्स्ट्रक्सन कम्पनी प्रा. लि.ले निर्माण गरेको हो । अध्यक्ष मगरका अनुसार भवन निर्माणका लागि ठेक्का सम्झौता २०८१ साल साउन १९ गते सम्पन्न भएको थियो भने भवनको निर्माण कार्य २०८१ साल जेठ ३० गते सम्पन्न भएको थियो ।
भवन निर्माणमा भ्याटसहित १ करोड १४ लाख ३० हजार ७ सय ५६ रूपैयाँ ८६ पैसा खर्च भएको छ । निर्माणका लागि आवश्यक बजेट जिल्ला समन्वय समिति सोलुखुम्बुको ६० प्रतिशत तथा सोलुदुधकुण्ड नगरपालिकाको ४० प्रतिशत विनियोजन गरिएको थियो । नयाँ भवन उद्घाटनसँगै स्थानीय बासिन्दाले प्रशासनिक सेवा थप टेवा पुग्ने वडा अध्यक्ष मगरले विश्वास व्यक्त गर्नुभएको छ ।










Discussion about this post