मंसिर २४, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामालैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन सडक नाटक प्रस्तुत गरिएको छ । बुधबार ऐसेलुखर्क गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त नाटक प्रस्तुत गरिएको हो ।सडक नाटक मार्फत लैङ्गिक हिंसाका विभिन्न पक्षहरुलाई उजागर गर्दै “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नारालाई प्राथमिकता दिइएको थियो ।
कार्यक्रममा प्रथम स्थान त्रिभुवन माध्यमिक विद्यालय ऐसेलुखर्क, द्वितीय स्थान कालिका बाल विकास माध्यमिक विद्यालय राखाबाङ्देल, र तृतीय स्थान माक्पा माध्यमिक विद्यालय माक्पा र सान्त्वना शान्तोदय माध्यमिक विद्यालय जामिरेले प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष राईले यस प्रकारका कार्यक्रमले समुदायमा लैङ्गिक हिंसा विरुद्ध सचेतना बढाउने उल्लेख गर्दै सडक नाटक जस्ता सांस्कृतिक माध्यमले जनचेतना फैलाउने शक्ति राख्ने बताउनुभयो ।
कार्यक्रमका आयोजकले अभियानको सफल समापनसँगै यस्तो सन्देश दिन खोजेका छन् कि प्रविधिको सही प्रयोग गर्दै समाजमा लैङ्गिक समानता स्थापित गर्न सबैको सक्रिय सहभागिता आवश्यक छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई, प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, सामाजिक विकास समिती संयोजक टेकेन्द्र राजभण्डारी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, रणभिम गण ऐसेलुखर्कका प्रमुख, इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालय ऐसेलुखर्कका प्रतिनिधिहरु, साथै गाउँपालिकाभित्रका आठवटा सामुदायिक माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।










Discussion about this post