मंसिर २५, सोलुखुम्बु। । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामी पौष २ गतेदेखि अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस सेवा सुरु गर्ने भएको छ । यसअघि ‘म्यानुअल’ प्रणालीमार्फत प्रदान हुँदै आएको सेवा अब पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध हुने भएको हो । गाउँपालिकाले बिहीबार जारी गरेको सूचनामा पाँचै वडाबाट अनलाइनमार्फत नेपाली नागरिकता प्रमाणपत्रका लागि आवश्यक सिफारिस प्रदान हुने उल्लेख छ ।प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेका अनुसार अनलाइन प्रणाली लागू भएपछि नागरिकता सिफारिसका प्रक्रियामा पारदर्शिता, एकरूपता र समय बचत हुने छ ।
गाउँपालिकाका अध्यक्ष धनजन राईले यस प्रणालीले प्रशासनिक कामकाजमा ‘डिजिटलीकरण’लाई अझ सुदृढ बनाउने र नेचासल्यान गाउँपालिकालाई ‘डिजिटलाइज गाउँपालिका’ बनाउने लक्ष्यमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अनलाइन सेवा सञ्चालनमा आएसँगै स्थानीयहरूलाई वडामा लामो समय कुर्नुपर्ने झन्झट हट्ने र सार्वजनिक सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।











Discussion about this post