मंसिर २६, सोलुखुम्बु । सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । आज सुन तीन हजार पाँच सय रुपैयाँले बढेर तोालाको दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा एक सय रुपैयाँले बढेको छ । आज चाँदी एक सय रुपैयाँले बढेर तोलाको तीन हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार आठ सय पाँच रुपैयाँ थियो ।











Discussion about this post