जेठ २५, साेलुखुम्बु । सगरमाथाको चुचुरोनजिकै ‘विशप रक’ भनिने ८,८१० मिटर उचाइ र बाल्कोनी भनिने ८,४०० मिटर उचाइको क्षेत्रमा विभिन्न चरणमा मौसम मापनमा प्रयोग हुने उपकरणहरू स्थापना गरिएका छन्।मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले त्यहाँ राखिएका उपकरहरूबाट प्राप्त विवरण मौसम पूर्वानुमानमा प्रयोग हुन नसकेको बतउनु भएकाे छ । उहाँका अनुसार सगरमाथामा राखिएको भनिएको उपकरणबाट विभागले अहिले प्रत्यक्ष डेटा प्रयोग गरिरहेकाे छैन । प्राविधिक कारणले ती विवरणहरू प्रशोधन र विश्लेषण गरेर नेपालको मौसम पूर्वानुमानमा प्रयोग गर्न नसकिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुवास तुलाधरले बताउनुभयाे । न्याटजीओ र फ्रान्सको आईआरडीसँग संयुक्त रूपमा सगरमाथा क्षेत्रमा १० वटा मौसम उपकरणहरू राखिएका छन्। चीनसँग सहकार्यमा पनि मौसम उपकरहरू राख्ने परियोजना अघि बढिरहेको छ विभागले बताएकाे छ ।
Discussion about this post