जेठ २५, सोलुखुम्बु । सोलुखुम्बुमा बस्ती बाइपास गरेर सडक ट्राक खोल्न खोजेको भन्दै गाउँवासीले विरोध जनाएपछि सडक निर्माण कार्य रोकिएको छ भएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ खहरेखोलामा ङिमदोर्जी पर्यटन सडक ट्राक खोल्ने क्रममा बस्ती वाइपास गरेर निर्माण गर्न खोजिएपछि स्थानीयले सडक निर्माणको काम ठप्प गराएका हुन ।
गत जेठ १३ गते वडा कार्यालयलाई ध्यानाकर्षण गराउँदै उनीहरूले बस्ती भएर जाने मुलबाटो लाई छाडेर अन्यत्र बाट सडक खन्न थालिएपछि साविकको डिपिआर कायम गर्नुपर्ने माग सहित सडक निर्माण कार्य ठप्प बनाएको जनाइएको छ । सिधा सडक सञ्जालले हाल सम्म पनि छुन नसकेको जिल्लाको एकमात्र पालिकाको वडा नम्बर १ मा बस्तीलाइनै बाइपास गरेर सडक ट्र्याक खोल्न लागिएको भन्दै स्थानीय नौलेख टोल विकास संस्था सहित स्थानीय बासीहरुले गउँपालिकाको ध्यानाकर्षण गराएका हुन ।
वडामा निर्माणाधीन ङिमदोर्जी पर्यटन सडक वडाकै मूल सडक भएकाले बस्ती बाट सडक लानुपर्नेमा अन्यत्रबाट लैजान खोजिएको भन्दै उनीहरूले गाउँपालिका सहित जिल्ला प्रशासन कार्यालय र न्यायिक समिति खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई ध्यानाकर्षण गराएका हुन । उनीहरूले ध्यानाकर्षण पत्रमा मूलबाटो (साविकको को डिपिआर अनुसार) सडक निर्माण गर्दा सबै जनतालाई पायक पर्नुका साथै मूलबाटोको अस्तित्व समेत रहने भन्दै सोही बाटोलाई निरन्तरता दिँदै सडक निर्माण गर्न अनुरोध गरेका छन ।
उहाँले भन्नुभयो, “ हामी सहमतिको प्रयासमै छौ तर हुन सकिरहेको छैन । बाटो पहिल्याउने काम भइरहेको छ । सहमति हुन्छ, अरु विकल्प छैन” ।
मूलबाटोको जग्गा अतिक्रमण गरि घर लगायत भौतिक संरचना निर्माण भएका कारण सडक निर्माणकार्य रोक्नुपर्ने स्थिति निम्ताएको भन्दै उक्त संरचना खाली गरेर बाटो निर्माण कार्य अगाडि बढाउन उनीहरूको सुझाव छ । यसो नगरेर बस्ती बाइपास गरि सडक निर्माण गराए आफूहरूको रोजिरोटी पेशा व्यवसाय, धनजन लगायतको जिम्मेवारी सम्बन्ध्ीत व्यक्ति वा पालिकाले लिनुपर्ने नौलेख टोल विकास संस्थाका अध्यक्ष साङ्गे लामा शेर्पाले बताउनुभएको छ । यसरी वडा कार्यालयमा ध्यानाकर्षण सहित नागरिकको गुनासो आएपछि वडा कार्यालयले पनि माथिल्लो निकायमा ध्यानाकर्षणका लागी पत्र पठाएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष फुनुरु शेर्पाले सडक बाटो निर्माणमा भएको विवाद समाधानका लागी सहजिकरण गरिदिन गाउँपालिकालाई गत २१ गते ध्यानाकर्षण गराउनुभएको थियो । यो विवाद समाधानका लागी गाउँपालिकाको ध्यानाकर्षण भएको हुँदा चाँडै समस्या समाधान हुने अध्यक्ष मिङ्मा छिरि शेर्पाको भनाई छ । उहाँले भन्नुभयो, “ हामी सहमतिको प्रयासमै छौ तर हुन सकिरहेको छैन । बाटो पहिल्याउने काम भइरहेको छ । सहमति हुन्छ, अरु विकल्प छैन” ।
Discussion about this post