मंसिर २६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा निःशुल्क मुटु परीक्षण तथा परामर्श सेवा संचालन हुने भएको छ । “स्वस्थ मुटु, स्वस्थ जीवन” भन्ने मूल नाराका साथ गाउँपालिकाले मंसिर २९ गते एक दिने स्वास्थ्य शिविरको आयोजना गर्ने जनाएको छ । उक्त शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाश राज रेग्मी तथा उहाँको चिकित्सक टोलीले मुटु सम्बन्धी सम्पूर्ण परीक्षण, निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्नेछन् ।
सेवा सोताङ प्राथमिक अस्पतालको नयाँ भवनबाट उपलब्ध गराइने छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राईका अनुसार स्थानीय तहबाट नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै नियमित रूपमा यस्ता स्वास्थ्य सेवा कार्यक्रमहरु सञ्चालन गरिँदै आएको छ । यो स्वास्थ्य शिविरबाट सोताङका स्थानीयवासी विशेष लाभान्वित हुने गाउँपालिका प्रशासनले अपेक्षा गरेको छ ।











Discussion about this post