मंसिर २६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले समाज निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । शुक्रबार महाकुलुङ आधारभूत अस्पताल भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले समाज निर्माण र विकासको मूल आधार युवा शक्ति नै भएको बताउनुभएको हो ।
जिम्मेवारी, प्रतिबद्धता र परिश्रमका साथ अघि बढे युवाले कुनै पनि चुनौती पार गर्न सक्ने उहाँको भनाई छ । महाकुलुङ गाउँपालिकामा हालै एउटै परिवारका तीन सदस्यले शाखा अधिकृतमा नाम निकाल्न सफल भएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष राईले यसले युवामा रहेका क्षमताको परिचय दिएको बताउनुभयो ।
भौगोलिक रूपमा एक समय विकट मानिने महाकुलुङ क्षेत्रले शिक्षा र स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उहाँले आधारभूत अस्पताल भवनको निर्माणले स्थानीयवासीलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।











Discussion about this post