Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

Radio Everest by Radio Everest
December 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २७, सोलुखुम्बु ।  सार्वजनिक सेवा प्रसारण नेपाल (रेडियो नेपाल) द्वारा आयोजना गरिएको स्थलगत रेडियो बहस–२०८२ आज सोलुदुधकुण्ड नगरपालिकामा सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विकास, सुशासन, शिक्षा, जलवायु परिवर्तन तथा स्थानीय समस्या समाधानका विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धिमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत टुत्ती शेर्पा, सामाजिक विकास संयोजक तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख पुण्यराज दंगाल, जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरे लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

त्यसैगरी रेडियो नेपाल सोलुखुम्बुका रिपोर्टर सन्तोष राउतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने रेडियो बहस कार्यक्रम रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत भानुभक्त खड्का र हरि गिरीले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, उद्योगी, युवा व्यवसायी, कृषक, पत्रकार तथा समुदायका अगुवासहित ३५ जनाभन्दा बढी सहभागीको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले स्थानीय विकास, सेवा प्रवाह, शिक्षा, सुशासन र वातावरणीय चुनौतीका विषयमा आ–आफ्ना धारणा र जिज्ञासा प्रस्तुत गरेका थिए।

रेडियो बहसको क्रममा बोल्दै उपप्रमुख गान्धिमाया तामाङले सोलुखुम्बुको समग्र विकासका लागि कृषि, सडक, पर्यटन, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै दिगो विकासका योजनाहरू अघि बढाइएको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यस्तै, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुत्ती शेर्पाले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र संयुक्त प्रयासका कारण सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशमै दोस्रो कम बेरुजु भएको नगरपालिकाको रूपमा स्थापित भएको जानकारी दिनुभयो। यसले अन्य स्थानीय तहलाई पनि सुशासन र वित्तीय अनुशासनका लागि उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ थियो।

उपस्थित सहभागीहरूको प्रश्नको जवाफ दिँदै वडा नम्बर–७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले शिक्षाको गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले शिक्षकलाई प्रविधिमैत्री बनाउँदै आधुनिक शिक्षण पद्धतिमा जोड दिनुका साथै सबै सरोकारवालाको सक्रिय सहभागिताबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताउनुभयो।

कार्यक्रममा पत्रकार भानुभक्त निरौलाले जलवायु परिवर्तनका कारण हिमाली जिल्ला सोलुखुम्बुमा देखिन थालेका असरबारे धारणा राख्नुभयो। उहाँले जलवायु परिवर्तनले प्राकृतिक मात्र होइन, मानव निर्मित जोखिमसमेत बढाएको उल्लेख गर्दै यसप्रति समयमै सचेत भई दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

स्थलगत रेडियो बहस कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला र आम नागरिकबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्नुका साथै स्थानीय मुद्दा राष्ट्रिय बहसमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

स्थानीय आवाजलाई प्राथमिकता दिँदै सार्वजनिक सेवा प्रसारणको मर्मअनुसार आयोजना गरिएको उक्त स्थलगत रेडियो बहस–२०८२ सोलुदुधकुण्ड नगरपालिकामा सफलतापूर्वक सम्पन्न भएको हो।

Previous Post

ओङ्छु शेर्पा मेमोरियल अस्पताल : जनरल वार्ड भवनको शिलान्यास

Next Post

सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly