Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

Radio Everest by Radio Everest
December 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

दोर्जी तामाङ, मंसिर २७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय रैथाने बालीको उत्पादनमा कमी आएको छ भने त्यसको मूल्य भने आकासिएको छ । कृषकहरुले खेति कम गर्न थालेको तर उपभोक्ताहरुले बढी प्रयोग गर्न थाले पछि बजारमा रैथाने बालीको मूल्य आकासिदा उत्पादनमा कमी देखिएको हो । जिल्लाको सदरमुकाम सल्लेरी नजिकै रहेको स्थानीय व्यापारिक केन्द्र नयाँ बजारमा जिल्लाभरिका सीमित मात्रामा रैथाने बाली देख्न पाइन्छ । पछिल्लो समय कम मात्रामा उपलब्ध हुने रैथाने बालीको मूल्य निकै महँगो रहेको छ ।

जिल्लाका प्रायः सबै स्थानमा उत्पादन हुने मकैबाट बन्ने फाल्गी अहिले कम मात्रामा बनाउने गरिएको व्यापरीहरु बताउछन् । स्थानीय बजारमा फाल्गीको मूल्य पाथीको ४ सय रुपैयाँसम्म पुगेको छ । सोलुदुधकुण्ड नगरपालिका–६ भित्ताखर्ककी पासाङल्हामु तामाङका अनुसार केही वर्षअघिसम्म यही फाल्कीको मूल्य करिब २ सय रुपैयाँ थियो । अहिले फाल्गी उपभोग गर्ने धेरै रहेको तर बजारमा सजिलै नपाउने भएकाले पनि मुल्य वृद्धि भएको उहाँको भनाई छ । यसैगरी सोलुदुधकुण्ड नगरपालिका–७ गार्माका बलराम तामाङका अनुसार कुनै समय ५० देखि ६० रुपौयाँमा पाइने रैथाने बालीहरु मध्ये हाल भटमास मानाको १ सय रुपैयाँ, स्थानीय मकै पाथीको २ सय ६० रुपैयाँ र कोदो पाथीको २ सय ५० रुपैयाँमा बिक्री भइरहेको बताउनुभयो ।

यता बजारमै रैथाने बाली बिक्री गर्दै आउनुभएकी नेचासल्यान गाउँपालिकाकी बसन्ती राईले तिङ्लाकै बेसिमा उत्पादन भएको एक पाथी चामलको मूल्य ६ सय ५० रुपैयाँ पुगेको बताउनुभयो । यस बर्ष प्रतिकुल मौसमका कारण धानबालीमा क्षेति पुगेको गुनासो गर्नुभयो । तिङ्लाकै पदमबहादुर भुजेलले शनिबारे हटियामा फापर पाथीको ३ सय रुपैयाँ, सेतो मकै पाथीको २ सय ४० रुपैयाँ र गहुँ पाथीको ४ सय रुपैयाँ बिक्री गरेको बताउनुभयो । यसैगरी वि.सं. २०४८ सालदेखि सल्लेरीमा व्यापार गर्दै आउनुभएका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ का बलबहादुर भुजेलले सल्लेरीमा जौ मानाको ५० रुपैयाँ, मस्याङको १ सय रुपैयाँ र कालो दालको १ सय ३० रुपैयाँ मूल्यमा बिक्री गरिरहनु भएको छ ।

स्थानीय किसान, व्यापारी तथा जानकारहरूका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, सहरमुखी बसाइँसराइ तथा पर्यटन व्यवसायप्रति आकर्षण बढ्दा परम्परागत खेतीमा संलग्न जनशक्ति घट्दै गएको हो । यसले रैथाने बालीको उत्पादनमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ छ । यस्तै आधुनिक तथा आयातित खाद्यान्न सहज रूपमा उपलब्ध हुन थालेपछि किसानहरू रैथाने बालीभन्दा नगदे तथा बजारमुखी बालीतर्फ आकर्षित भएका छन् । जसका कारण परम्परागत बालीको खेती क्रमशः घट्दै गएको छ । उन्नत बीउ, प्रविधि र सिंचाइको अभाव पनि अर्को प्रमुख कारण बनेको छ ।

रैथाने बालीका बीउ संरक्षण तथा प्रवद्र्धनमा पर्याप्त ध्यान नपुग्दा उत्पादन बढ्न सकेको छैन। साथै वन्यजन्तु तथा रोग–कीराको समस्याले समेत बाली नष्ट हुने गरेको छ । जलवायु परिवर्तनको असरले पनि उत्पादन घट्न सहयोग पु¥याएको छ । अनियमित वर्षा, असिना, सुख्खा तथा हिउँदे वर्षा घट्दा बाली लगाउने र भित्र्याउने समय प्रभावित भएको किसानहरूको गुनासो छ । यद्यपि पछिल्लो समय स्वास्थ्यप्रति सचेतना बढेसँगै रैथाने बालीको माग भने बढ्दै गएको छ ।

Previous Post

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

Next Post

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

Related Posts

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
0
Next Post
तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

Discussion about this post

Everest Highlights

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly