मंसिर २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ अन्तर्गत खोलाघारी–माठुङ सडकको सोलिङ कार्य सुरु गरिएको छ । उक्त सडकको सोलिङ कार्य यही मंसिर २६ गते शुक्रबारदेखि सुरु गरिएको हो ।
नगरस्तरीय योजना अन्तर्गत ९ लाख रुपैयाँको बजेटमा सडक खण्डको सोलिङ कार्य सुरु गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यस योजनाअन्तर्गत ५ सय मिटर सडक सोलिङ गरिनेछ । उक्त योजना उपभोक्ता समिति मार्फत सम्पन्न गरिने गरी सम्झौता गरिएको थियो ।
कुनै अवरोध नभए सम्झौताअनुसार सडक सोलिङ कार्य डेढ महिनाभित्र सम्पन्न हुने वडा अध्यक्ष तामाङले बताउनुभयो । बर्खायाममा हिलाम्मे तथा हिउँदयाममा धुलाम्मे हुने उक्त सडक सोलिङ गरेपश्चात सवारी चालक तथा यात्रुहरुलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।











Discussion about this post