मंसिर २९, सोलुखुम्बु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि काँग्रेस सोलुबाट १३ जनाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ । ३ दिन सम्म सदरमुकाम सल्लेरीमा बसेको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा प्रत्यक्ष तर्फ १३ जनाको नाम सिफारिस गरेको जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।
जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने दुई केन्द्रिय सदस्यहरु बलबहादुर केसी र आङगेलु शेर्पाको नाम प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नै सिफारिस गरिएको छ । प्रतिनिधि सभा तर्फ बलबहादुर केसी, आङगेलु शेर्पा, विनोद बस्नेत, प्रकाससिंह कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, शुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रीन र रीना उप्रेती(महिला कोटा) लाई सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।
प्रतिनिधि सभाको समानुपातिक तर्फ छत्रध्वज बस्नेत, छिण्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एकाकुमारी बस्नेत, गीता गुरुङ, पूजा फुयाँल र दुर्गा प्रसाद दर्जीलाई सिफारिस गरिएको सभापति शेर्पाले जानकारी दिनुभयो । त्यस्तै जिल्ला कार्यसमिति बैठकले राष्ट्रिय सभा तर्फ भोजराज कार्की र धर्म नेपाली (दलित तर्फ) सिफारिस गरेको छ । पार्टीमा धेरै आंकाक्षि देखिएकाले केन्द्रको परिपत्र अनुसार छाँटकाँट नगरि सबैको नाम सिफारिस गरिएको शेर्पाले बताउनुभयो ।











Discussion about this post