मंसिर २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चौंरीपालन गर्दै आएका १३ जना किसानलाई प्रतिव्यक्ति २० हजार रुपैयाँ बराबरको सोलार बिजुली सेट वितरण गरिएको छ । हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु र रेड पाण्डा नेटवर्क काठमाडौको सहकार्यमा संचालित समुदायमा आधारित रेड पाण्डा संरक्षण कार्यक्रमअन्तर्गत उक्त समाग्री वितरण गरिएको हो ।
कार्यक्रममा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले हिमाली भेगमा चौंरीपालक किसानहरूले उज्यालो, सञ्चार र ऊर्जाको अभावका कारण भोग्दै आएका कठिनाइलाई ध्यानमा राख्दै सोलार बिजुली सेट वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले चौंरीपालन हिमाली क्षेत्रको अर्थतन्त्र, जीविकोपार्जन, संस्कृति र परम्परा जोगाउन महत्वपूर्ण भएको बताउनुभयो । सोलार पाएका किसानहरूले संस्थाप्रति आभार व्यक्त गर्दै अब रातको समयमा उज्यालो, मोबाइल चार्ज, रेडियो सुन्न र अन्य साना विद्युतीय उपकरण प्रयोग गर्न सहज हुने प्रतिक्रिया दिएका छन् ।











Discussion about this post