Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

Radio Everest by Radio Everest
December 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २९, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ नारासहित सञ्चालन गरिएको कार्यक्रममा न्यूनतम् पाँच मुरी उत्पादन गर्ने किसानलाई २ हजार ५ सय रुपैयाँ र सोभन्दा बढी उत्पादनमा प्रतिमुरी ३ सय रुपैयाँका दरले प्रोत्साहन दिइँदै आएको छ । पहिलो चरणमा वडा नं. ५ दुर्छिम, ७ महादेवस्थान र ८ धितुङका किसानलाई नगरपालिकाको कार्यालयमा बोलाएर रकम वितरण गरिएको छ ।

दुर्छिमका १३ किसानले ६२ हजार २ सय, महादेवस्थानका ४३ किसानले २ लाख ३२ हजार ३ सय र धितुङका १५८ किसानले ७ लाख १० हजार ६ सय रुपैयाँ प्राप्त गरेका छन् । कार्यालय टाढा पर्ने वडा नं. २ डिकुवा र वडा नं. ११ राजापानीका किसानलाई वडा कार्यालयमार्फत रकम वितरण गरिनेछ । डिकुवाका २४ किसानले २६० मुरी उत्पादन गरी १ लाख २ हजार र राजापानीका २४ किसानले २३१ मुरी उत्पादन गरी ९३ हजार ३ सय रुपैयाँ पाउनेछन् । गत वर्षको तुलनामा यस वर्ष बदाम उत्पादन ४६.३५ प्रतिशतले वृद्धि भएको नगरपालिकाले जनाएको छ ।

यस वर्ष सबैभन्दा बढी धितुङका गोपाल बुढाथोकीले ४१ मुरी बदाम उत्पादन गरेका छन् । सुक्खाग्रस्त क्षेत्रमा मात्र उत्पादन हुने बदामलाई ब्रान्डिङ गरी बजारीकरण गर्ने लक्ष्यसहित नगरपालिकाले प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको मेयर विमला राईले बताउनुभयो । नगरपालिकाका किसानले उत्पादन गरेको बदाम हलेसी बजार, दिक्तेल, विभिन्न मेला तथा छिमेकी जिल्ला ओखलढुङ्गासम्म बिक्री हुँदै आएको छ ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपास उत्पादन भएको बदाम कोसेलीका रूपमा समेत प्रयोग हुने गरेको छ । स्थानीय कृषि उपजको प्रवद्र्धन र बजारीकरणका लागि हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र पनि सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

Previous Post

सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

Next Post

गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
Next Post
गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly