पौष १, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर २ पोखरेमा २१ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको छ । सोमबार ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेशी विकास परियोजनाको आयोजनामा तथा चिशंखुगढी गाउँपालिकाको समन्वयमा अपांगता पहिचान शिविर संचालन गरी २१ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको हो ।
आधारभूत अस्पताल पोखरेमा चिशंखुगढी गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका २१ जनालाई परीक्षणको आधारमा अपांगता परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । परिचयपत्र प्राप्त गर्नेहरूमा १० जना महिला र ११ जना पुरुष रहेका छन् । वितरित परिचयपत्र अनुसार १ जनाले रातो कार्ड, ६ जनाले निलो कार्ड, ९ जनाले पहेँलो कार्ड र ५ जनाले सेतो कार्ड प्राप्त गरेका छन् ।
शिविरको उद्घाटन चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त सर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका सबै वडाबाट विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमका टोली प्रमुख प्रेम जि.सी.ले जानकारी दिनुभयो।
अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रममार्फत समुदायस्तरमै अपांगताको सवालमा प्रभावकारी काम भइरहेको सरोकारवालाहरूले बताएका छन् । यस्ता शिविरले अपांगता भएका व्यक्तिहरूको पहिचान, अधिकार सुनिश्चितता तथा सरकारी सेवा–सुविधामा पहुँच विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने उनीहरूको भनाइ छ ।











Discussion about this post