Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

Radio Everest by Radio Everest
December 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १, सोलुखुम्बु ।   एनआइसी एसिया क्यापिटल लिमिटेडद्वारा सोलुखुम्बु जिल्लामा लगानी सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विश्व लगानी सप्ताह २०२५ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा लगानीसम्बन्धी आधारभूतदेखि व्यवहारिक विषयमा जानकारी प्रदान गरिएको थियो ।

एनआइसी एसिया क्यापिटल लिमिटेड, काठमाडौंबाट आएका उच्च व्यवस्थापन तहका पदाधिकारीहरूले सोलुखुम्बु बहुमुखी क्याम्पस तथा सेजोङ कोरियन भाषा इन्स्टिच्युट, सल्लेरीमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेका हुन् । कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण एनआइसी एसिया क्यापिटलका विनोद चौलागाई र सन्जिव श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमका क्रममा सहभागी विद्यार्थी तथा विभिन्न संघ–संस्थामा आवद्ध सर्वसाधारणलाई डिम्याट खाता खोल्ने प्रक्रिया, प्राथमिक शेयर (आईपीओ), धितोपत्रको दोस्रो बजार, मुद्रा बजारका उपकरणहरू, सामूहिक लगानी कोष तथा दोस्रो बजारमा सूचिकृत कम्पनीहरूमा कहिले र कसरी लगानी गर्ने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

साथै लगानी गर्दा ध्यान दिनुपर्ने आधारभूत पक्षहरू, जोखिम व्यवस्थापनका उपायहरू तथा पछिल्लो समयको शेयर बजारको अवस्था र प्रवृत्तिबारे पनि प्रशिक्षकहरूले स्पष्ट पारेका थिए ।

कार्यक्रममा सहभागी सोलुखुम्बु बहुमुखी क्याम्पसकी विद्यार्थी करिश्मा बस्नेतले यस्ता लगानी सचेतना कार्यक्रमहरू अत्यन्तै लाभदायक भएको बताउँदै आफूजस्ता विद्यार्थीहरूका लागि व्यवहारिक ज्ञान हासिल गर्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, “सामान्य रूपमा शेयर बजार र लगानीका विषय जटिल लाग्थे, तर यस कार्यक्रमपछि डिम्याट खाता, आईपीओ र दोस्रो बजारका बारेमा स्पष्ट बुझ्न पायौं । यस्तो कार्यक्रमले भविष्यमा सही निर्णय लिन सहयोग पुग्छ ।”

त्यसैगरी कार्यक्रममा सहभागी अन्य विद्यार्थीहरूले पनि लगानी तथा शेयर बजारसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए । सहभागीहरूले यस्ता वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्न माग गरेका छन् ।

एनआइसी एसिया क्यापिटल लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा यस्ता लगानी सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । ग्रामीण तथा शैक्षिक संस्थाहरूमा वित्तीय ज्ञान विस्तार गर्दै लगानी संस्कृतिको विकास गर्ने लक्ष्यसहित आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने संस्थाले बताएको छ ।

Previous Post

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

Next Post

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly