Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

Radio Everest by Radio Everest
December 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनका चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा आयोजित उक्त स्वास्थ्य शिविर जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेल र प्रहरी चौकी नुनथलाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । शिविरमा स्वास्थ्य चौकी नुनथलाका प्रमुख दिपेश श्रेष्ठको सक्रिय सहभागिता रहेको थियो । स्वास्थ्य परीक्षणका क्रममा सवारी चालक तथा सहचालकहरूको रक्तचाप (प्रेसर) जाँचका साथै लापसे (लागूपदार्थ सेवन) तथा मापसे (मादक पदार्थ सेवन) सम्बन्धी परीक्षण गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलका प्रहरी सहायक निरीक्षक बाबुराम नेउपाने तथा प्रहरी चौकी नुनथलाका प्रमुख प्रहरी सहायक निरीक्षक पर्सुराम तामाङको नेतृत्वमा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्रालाई प्रवद्र्धन गर्नु रहेको जनाइएको छ । सो अवसरमा करिब एक सय जना सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलले चालु महिना भित्र गरेका विभिन्न गतिविधिहरूबारे जानकारी दिएको छ । कार्यालयका अनुसार बढी दुर्घटना हुने स्थानहरूमा चेतनामूलक बोर्डहरू राखिएको छ भने सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ । त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलका प्रहरी सहायक निरीक्षक बाबुराम नेउपानेको नेतृत्वमा दैनिक रूपमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने सवारी साधनहरूको सिट क्षमता, भाडादर, सवारीको अवस्था तथा चालकको शारीरिक र मानसिक अवस्था समेत नियमित रूपमा जाँच गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।त्यसैगरी पुष ४ गते साँझ करिब ६ः३० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा मोटरसाइकल दुर्घटना भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोली तत्काल घटनास्थलमा खटिएको थियो । दुर्घटनामा घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ निवासी अन्दाजी ५५ वर्षका पदम बहादुर खड्कालाई करिब १५० मिटर तल खोलाबाट उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, ट्राफिक प्रहरीले सवारी साधनबाट अनावश्यक ध्वनि प्रदूषण गर्ने गरी प्रेसर हर्न बजाउने सवारी साधनहरूका प्रेसर हर्न हटाउने कार्य गर्दै ध्वनि प्रदूषण नियन्त्रणमा समेत सक्रियता बढाएको जनाएको छ ।

Previous Post

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

Next Post

नेकपा सोलुखुम्बुद्वारा संघीय संसद निर्वाचनका लागि उम्मेदवार सिफारिस

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
नेकपा सोलुखुम्बुद्वारा संघीय संसद निर्वाचनका लागि उम्मेदवार सिफारिस

नेकपा सोलुखुम्बुद्वारा संघीय संसद निर्वाचनका लागि उम्मेदवार सिफारिस

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly