पौष १०, सोलुखुम्बु । श्रम संस्कृति पार्टी सोलुखुम्बुले शुक्रबार जिल्ला सदरमुकाम सल्लेरीमा बृहत् आमसभा आयोजना गर्ने भएको छ । पार्टीले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आमसभा गर्न लागेको जनाएको हो । आमसभालाई पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय नेतृत्वको उपस्थितिमा आयोजना हुन लागेको उक्त कार्यक्रममा जिल्लाका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । पार्टीका अनुसार आमसभामार्फत श्रम संस्कृति, सुशासन र जनमुखी राजनीतिबारे जनतालाई जानकारी गराइनेछ ।
साथै स्थानीय तहका समस्या, जनचासो र सुझावहरू प्रत्यक्ष रूपमा संकलन गर्ने उद्देश्यसमेत राखिएको छ । आमसभा सफल बनाउन पार्टीको जिल्ला समिति तथा सम्बन्धित संगठनहरूले तयारी तीव्र पारेका छन् ।










Discussion about this post