सोलुखुम्बु, पौष १० । सोलुखुम्बुको सोताङ गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकीलाई एक्सन फर नेपालले प्रयोगशाला सम्बन्धी सामग्री सहयोग गरेको छ । गाउँपालिका र वडा कार्यालयको समन्वयमा बिहीबार कुल १० लाख ८७ हजार ५ सय ५० रुपैयाँ बराबरका ल्याब सामग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रमपछि स्वास्थ्य चौकीमा विभिन्न प्रकारका अत्यावश्यक परीक्षण सेवा सञ्चालनमा आउने वडा अध्यक्ष श्याम खालिङले जानकारी दिनुभयो । उहाँका अनुसार यस सहयोगले स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हट्नेछ ।
अब स्वास्थ्य चौकीमा रक्त परीक्षण, पिसाब जाँच, खकार जाँच, गर्भ परीक्षण, सुगर जाँच, नाइन युरिक एसिड लगायतका विभिन्न परीक्षण सेवा उपलब्ध हुनेछन् । यसले समयमै रोग पहिचान तथा उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।











Discussion about this post