पौष १४, सोलुखुम्बु । नेपाली कम्युनिष्ट पार्टीको एकता कार्यक्रम ऐसेलुखर्कमा आइतबार भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी प्रदेश समिति सदस्य प्रशुराम राईको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य रामकुमार राई (पासाङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
एकता कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा राजन राई, सनबहादुर राई, कुलप्रसाद फुयाल, पृथ्वी किराती, तेजमाया राई, रमिला गुरुङ तथा वाइसिएल केन्द्रीय सदस्य सुदिप राईलगायतको सहभागिता थियो । साथै नेता शुभलाल राई (आदेश) सहित अन्य नेताहरूले एकतासन्देशमूलक मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टी एकता, संगठन सुदृढीकरण र जनसंघर्षलाई सशक्त बनाउने विषयमा जोड दिइएको थियो । सहभागी नेताहरूले एकता नै पार्टीको शक्ति भएको उल्लेख गर्दै जनताको पक्षमा संघर्षलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमको समापन विभिन्न क्रान्तिकारी नृत्य तथा सांस्कृतिक प्रस्तुतिसहित गरिएको थियो । यसै क्रममा पार्टी र कार्यक्रम व्यवस्थापनका लागि आवश्यक विभिन्न सामग्री, भौतिक, नैतिक तथा आर्थिक सहयोगसमेत उपलब्ध गराइएको जनाइएको छ । एकता कार्यक्रमले स्थानीय तहमा पार्टी संगठनलाई थप मजबुत बनाउने र कार्यकर्तामा नयाँ उत्साह थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।












Discussion about this post