पौष १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको एक विद्यालयलाई शैक्षिक समाग्री तथा कम्प्युटर प्राप्त भएको छ । विभिन्न संघसंस्थाको सहयोगमा नगरपालिकाको वडा नम्बर ६ मा रहेको दार्पु आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री तथा कम्प्युटर वितरण गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीचमा गाउँ शहर फाउण्डेसनले विद्यार्थीका लागी ट्रयाकसुट तथा स्टेशनरी सामाग्री, सरसफाई सामाग्री लगायत वितरण गरिएको हो ।
उक्त फाउण्डेशनका अध्यक्ष लक्ष्मण कार्कीको उपस्थीतिमा यस्ता सामाग्रीहरु वितरण गरिएको जनाइएको छ यता असाहाय आमा, बालबालीका केन्द्रले विद्यालयलाई ३ थान कम्प्युटर सेट प्रदान गरको छ । उक्त केन्द्रका अध्यक्ष पेम्बा शेर्पाको पहलमा ३ थान कम्प्युटर वितरण गरिएको जनाइएको छ । प्रविधी था शैक्षिक सामाग्री वितरण कार्यक्रममा कार्यक्रमको अध्यक्षता देवकला राईले गर्नुभएको थियो भने सोलुदुधुण्ड नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं. ७ का कार्यबहाक अध्यक्ष भलाकाजी कार्की, विद्यालयका प्रधानाध्यापक गणेश कार्की, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ता सहयोगहरू महत्वपूर्ण हुने बताएका थिए। विद्यालय परिवारले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएको छ ।









Discussion about this post