दिपेन्द्र खनाल, पौष १५, सोलुखुम्बु । नेपाली काङ्ग्रेसले कोशी प्रदेशका ४ वटा जिल्लालाई समानुपातिकमा नसमेटेपछि पछिल्लो समय सामाजिक सञ्जालबाट विरोध तातेको छ । काङ्ग्रेसले बन्द सूची सार्वजनीक गर्दै केशी प्रदेशका ११ वटा जिल्लाबाट १८ जना उम्मेदवारको नाम सार्वजनीक गर्दा अन्य ४ वटा जिल्लाको नाम मेटाएपछि विरोध भइरहेको हो । काङ्ग्रेसले कोशी प्रदेशबाट १२ जना महिला र ६ जना पुरुष गरि १८ जनाको नाम समानुपानीकको बन्द सूचीमा समाबेश गरेको छ । काङ्ग्रेसल धनकुटा, उदयपुर, खोटाङ र भोजपुरबाट समानुपातीकको बन्द सूची नराखेको हो ।
यि बाहेक अन्य जिल्लाहरुबाट समानुपातीक उम्मेद्वारहरु राखिएको । आदिवासी जनजाती तर्फ पाँचथरबाट भिष्म आङदेम्बे, मोरङबाट गोपालमान सिंह राजभण्डारी, संवुसभाबाट थलकुमार लिंखा, तेह्रथुमबाट विजय साम्बाहाम्फे, सोलुखुम्बुबाट गिता गुरुङ, ताप्लेजुङबाट गिता कुमारी सेन्दाङ, ओखलढुंगाबाट सविता राई, इलामबाट प्रमीका रानामगर र सुनसरीबाट निर्मला गुरुङ परेका छन् । यस्तै खस आर्य तर्फ झापाकी काङ्ग्रेस केन्द्रिय सदस्य शुशिला ढकाल, मोरङकी रुक्मणी कोइराला, झापाकी गोमा कुमारी भट्टराई र सोलुखुम्बुकी रिना उप्रेतीको नाम सूचीमा परेको छ । यस्तै थारु तर्फ मोरङकी डाक्टर प्रमिला गच्छादारको नाम सूचीमा छ ।
यता दलित तर्फ झापाकी मनुमाया विश्वकर्मा र सुनसरीका चन्द्रेस्वर शर्मा खत्वे परेका छन् । यस्तै मुस्लीम तर्फ नगमा शाहिद अन्सारी र जमिल अख्तर मिया परेका छन् । यसरी १० वटा जिल्लालाई मात्रै समेटेर बाँकी ४ वटा जिल्ला नसकेटेपछि केन्द्रले राजनीतिक प्रतिशोध अर्थात विशेष महाधिबेशन माग गरेको रिस पोखेको कार्यकर्ताहरुले टिप्पणी गरिरहेका छन् । उनिहरुले काङ्ग्रेसका हरेक आन्दोलनहरुमा त्याग बलिदान दिने जिल्लाहरुलाई नसमेट्दा यसको प्रतिफल राम्रो नआउने समेत बताइरहेका छन् ।










Discussion about this post