पौष १५, सोलुखुम्बु । नेचासल्यान गाउँपालिका स्तरीय ५ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा आजबाट हिमाल दर्शन माध्यमिक विद्यालयले नेचासल्यानको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । गाउँपालिका भित्रका ६ वटा मावि सहभागी प्रतियोगितामा राष्ट्रिय निर्देशिका अनुसारका खेलहरु खेलाइने जनाइएको छ । रनिङ शिल्डको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष धनजन राईले गाउँपालिकाले खेल क्षेत्रमा गरेको लागनीलाई खेर जान नदिन विद्यार्थी तथा खेलाडीहले प्रतिफल आउने हिसावले खेल क्षेत्रमा लाग्नुपर्ने बताउनुभएको छ ।
शिल्ड उद्घाट कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विना राई, प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे, गाउँपालिकाका कर्मचारी, ६ वटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, खेल शिक्षक लगायतको उपस्थीति रहेको थियो । खेलको आज पहिलो दिन उद्घाटन खेलमा ज्यावलीङ थ्रो, सर्ट सट, तेक्वान्दो, भलिवल, कबड्डी लगायतका खेलहरु खेलाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधव ढुंंगानाले बताउनुभयो ।












Discussion about this post