सोलुखुम्बु, पौष १५ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ जुभिङमा २१ दिने एड्भान्स विल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम सुरु भएको छ । वडा कार्यालयको सहकार्य तथा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा मंगलबारदेखि सुरु भएको तालिम माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित तालिमको उद्घाटन कार्यवाहक वडा अध्यक्ष विष्णु लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम संयोजक टेक बहादुर बस्नेतका अनुसार गत आर्थिक वर्षमा सञ्चालन गरिएको तालिमका सहभागीलाई यस वर्ष पनि निरन्तरता दिँदै थप सुदृढ बनाइएको हो । गाउँपालिकामा केन्द्रिय विद्युत प्रसारण लाइन जडान भइसकेसँगै स्थानीय जनशक्तिको सिपलाई सदुपयोग गर्ने उद्देश्यले तालिमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
तालिममा १५ जनाको सहभागिता रहेको छ भने प्रशिक्षक इन्द्र कुमार राजण्डारीले सहजीकरण गरिरहनु भएको छ । तालिमबाट स्थानीय युवायुवतीको प्राविधिक सिप अभिवृद्धि भई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।











Discussion about this post