पौष १५, सोलुखुम्बु । सामाजिक मेलमिलाप युवा समूहको दोस्रो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । २०७६ सालमा स्थापना भएको यस समूहको दोस्रो साधारण सभाले अध्यक्षमा भोजविक्रम भुजेललाई चयन गरेको छ । नवगठित कार्यसमितिमा उपाध्यक्षमा फडिन्द्र कुमार बस्नेत, सचिवमा सञ्जिव बस्नेत, सह–सचिवमा प्रविता राई तथा कोषाध्यक्षमा देबु भुजेल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा एकराज भुजेल, मिना खत्री, प्रविन भुजेल र सन्तोष भुजेल चयन हुनुभएको छ । यस्तै, सल्लाहकार समितिको संयोजकमा नगेन्द्र कुमार बस्नेत चयन हुनुभएको छ भने सदस्यहरूमा मोहन कृष्ण बस्नेत, हरी बहादुर बस्नेत, यम बहादुर बस्नेत र तारा बस्नेत रहनुभएको छ । साधारण सभामा सामाजिक मेलमिलाप युवा समूहका पूर्व अध्यक्ष रामहरी खत्री र वडा अध्यक्ष युजन बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले युवाहरूको सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै नवगठित कार्यसमितिको सफल कार्यकालको कामना गर्नुभयो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा राजनीतिज्ञहरूको समेत उपस्थिति रहेको थियो । सामाजिक मेलमिलाप युवा समूहले विगतदेखि नै सामाजिक दायित्व वहन गर्दै विविध सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाइएको छ ।











Discussion about this post