पौष १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नं. २ मा १३० जना भन्दा बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । शुक्रबार वडा नं. २ भित्रका नागरिकहरलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको हो । लामो समयदेखि परिचयपत्रको प्रतीक्षामा रहेका नागरिकलाई परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष ङ्वाङ ठिले शेर्पाले जानकारी दिनुभयो ।
यसैबीच, वितरण हुन बाँकी रहेका राष्ट्रिय परिचयपत्रहरू प्राप्त गर्न सम्बन्धित व्यक्तिहरूले सोलुदूधकुण्ड नगरपालिका कार्यालयमै गएर बुझ्न वडा शेर्पाले आग्रह गर्नुभयो । उहाँका अनुसार परिचयपत्र तयार भइसकेका तर लिन आउन नपाएका सेवाग्राहीहरूलाई सहज रूपमा वितरण गर्न नगरपालिकाले आवश्यक व्यवस्था गरेको छ ।










Discussion about this post