पौष १९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा रहेको लक्ष्मी बैंकको एटिएम तोडफोड गरिएको छ । बिहीबार राति अज्ञात व्यक्तिहरूले गाउँपालिकाको कार्यालय नजिकै जडान गरिएको एटिएममा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईका अनुसार करिब दुई वर्षअघि जडान गरिएको उक्त एटिएममा तोडफोड भएको हो । घटनास्थलमा जडान गरिएको सिसी क्यामेरा बिग्रिएको अवस्थामा रहेकाले हालसम्म तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र संलग्नको खोजी कार्य जारी रहेको जनाएको छ ।











Discussion about this post