पौष १४, सोलुखुम्बु । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालले सोलुखुम्बुका स्थानीय तहहरुलाई समोबेशी शिक्षा, अपाङ्गता तथा वाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठि गरिएको छ । समावेशी शिक्षा अपाङ्गता तथा बाल सुरक्षाका विविध पक्षहरूलाई स्थानीय सरकारसँग जोड्ने उद्देश्य सहित उक्त गोष्ठी गरिएको हो । ४ दिने कार्यशाला गोष्ठिमा जिल्लाका ५ वटा स्थानीय तहका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, अपाङ्गता सहजकर्ता लगायत १६ जनाको उपस्थीति रहेको थियो ।
गत २१ गतेबाट चलेको कार्यशालाको समापनमा विहीबार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङले रिड नेपालले आयोजना गरेको गोष्ठि पछि समाबेशीता, अपाङ्गता र बाल सुरक्षाका विषयमा आफूहरू स्पष्ट भएको उल्लेख गर्नुभएको थियो । उहाँले कतिपय आफूहरूलाई थाहा नभएको कुराहरु गोष्ठिमा जानकारी भएको बताउँदै अव स्थानीय तहहरूले बनाउने कार्यक्रमहरू समावेशी किसिमको बनाउने हेक्का भएको उल्लेख गर्नुभएको थियो ।
यस्तै समापन कार्यक्रममा बोल्दै नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष निा राईले कार्यशालामा स्थानीय तहलाई आवश्यक पर्ने सीप र ज्ञाननै प्राप्त भएको बताउनुभयो । उहाँले कार्यशालाबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय तहका निती र कार्यक्रममा समेट्ने बताउनुभयो । कार्यक्रममा रिडनेपालका कार्यक्रम व्यवस्थापक सक बहादुर बुढाथोकीले कार्यक्रम सफलतापूर्वक र उत्साहपूर्वक सम्पन्न भएको बताउनुभएको थियो ।










Discussion about this post