पौष २५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा राउतको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । नेचासल्यान–३ निवासी यादव राउतकी छोरी पवित्रा राउत पौष १५ गते दुर्घटनामा परेपछि हाल काठमाडौंमा उपचाररत छिन् ।
उनको उपचारका लागि विद्यालय परिवारबाट संकलन गरिएको ४२ हजार ५ सय ७५ रुपैयाँ विरामीकी प्रतिनिधि भूपध्वज राउतलाई हस्तान्तरण गरिएको विद्यालय परिवारले जनाएको छ । पवित्रा राउतको प्रारम्भिक उपचार ओखलढुंगास्थित मिशन अस्पतालमा गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको हो । हाल उनी भक्तपुरस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत छिन् ।











Discussion about this post