पौष २५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिएको छ । करुणा फाउण्डेशन नेपाल, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश तथा माप्य दुधकोशी गाउँपालिकाको त्रिपक्षीय समन्वयमा शुक्रबार सहायता सामग्री वितरण गरिएको हो ।
वडाबाट अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी जम्मा ९ जनालाई कान सुन्ने मेसिन, बैशाखी लगायतका आवश्यक सहायता सामग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । यसले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहायता सामग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, उपाध्यक्ष गौरव राई, गाउँपालिकाका कर्मचारीहरू तथा स्थानीयबासीहरूकोउपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र जीवनस्तर सुधारका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो ।











Discussion about this post