पाैषा २६, साेलुखुम्बु । नेपाली काङ्ग्रेस खोटाङका सचिव तथा केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई नोपली काङ्ग्रेसको विशेष महाधिवेशनका पक्षमा खुल्नुभएको छ । एक विज्ञप्ती जारी गर्दै सचिव राईले पार्टीको रुपान्तरण, पुस्तान्तरण र विधानको रक्षाका लागी आफु विशेष महाधिवेशनको पक्षमा रहेको बताउनुभएको हो । भोलीबाट काठमाण्डौमा सुरु हुन लागेको विशेष महाधिबेशनमा सहभागीता जनाउन उहाँले एक विज्ञप्ती मार्फत आम महाधिवेशन प्रतिनिधीहरुलाई आगह समेत गर्नुभएको छ । उहाँले विज्ञप्ती मार्फत काङ्ग्रेस राजनितिक संगठन मात्र नभएर लोकतन्त्र, समावेशीता र राष्ट्रिय एकताको आधारशिला भएको जिकिर गर्दै पार्टीको जिवन र निति दुबै बचाउनका लागी विशेष महाधिबेशनमा जोडिन आह्वान गर्नूभएको हो । रेडियो एभरेष्टका पत्रकार दिपेनद्र खनालले पार्टी फुटाउने रणनीतिमा हा भनेर गरेको प्रस्नमा उहाँले विशेष महाधिवेशनबाट पार्टी फुट्छ वा टुक्रीन्छ भन्ने भ्रम मात्रै छरिएको पनि जिकिर गर्नुभयो । सचिव राई खुल्नु अघि जिल्लाका पुर्व सभापति नरेश श्रेष्ठ र संविधानसभा सदस्य हिरा गुरुङले सहमर्थन फिर्ता लिइसकेका छन् ।











Discussion about this post