पौष २७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ छेर्मादिङमा आरसिसी पुल निर्माण कार्य सम्पन्न भएको छ । स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त पुल गाउँपालिकाको पहलमा सम्पन्न भएको हो । गाउँपालिकाले पुल निर्माणका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा भ्याट बाहेक कुल ६ लाख ५८ हजार रुपैयाँमा सामुयल कन्स्ट्रक्सनले ठेक्का लिएर निर्माण कार्य सम्पन्न गरेको हो ।
पुल निर्माणपछि छेर्मादिङ क्षेत्रका स्थानीय बासिन्दालाई दैनिक आवतजावत, कृषि उपज ढुवानी तथा सेवा सुविधामा पहुँच सहज हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले पुल निर्माणले वर्षायाममा हुने आवागमनको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । गाउँपालिकाले आगामी दिनमा पनि आवश्यक पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ ।











Discussion about this post