सोलुखुम्बु । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गरे । उनी भारतीय मूलका नेपालीभाषी गायक हुन् । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यही उनको निधन भएको हो ।










Discussion about this post