पाैषा २७, साेलुखुम्बु । करदाता सेवा कार्यालय लुक्ला सोलुखुम्बु गाउँपालिका मार्फत सञ्चालन हुने भएको छ । नेपाल सरकारले गत कार्तिक १७ गतेको निर्णय अनुसार करदाता सेवा कार्यालयलाई स्थानीय तह सार्ने निर्णय बमोजिम आजबाट करदाता सेवा कार्यालय लुक्ला पुर्णतः गाउँपालिका मातहत सरेको छ । आन्तरिक राजस्व कार्यालय लाहानका प्रमुख र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीच सम्झौता भई गाउँपालिका मार्फत कर सम्बन्धी काम हुने भएको हो । कार्यालय हस्तान्तरण कार्यक्रमको अध्यक्षता खुम्बुपासाङ्ल्हामु गाउँपालिकाका अध्यक्ष श्री मिङ्मा छिरी शेर्पाले गर्नु भएको थियो भने कार्यक्रममा उपाध्यक्ष टासील्हमु शेर्पा, प्रमुख प्रशासकिय अधिकृत नवराज गौतम लगायत वडाध्यक्षहरु, कार्यपालिका सदस्य, सभा सदस्यहरु लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा खुम्बुपासाङ्ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले खुम्बु क्षेत्रको व्यवसायी एवं करदाताहरुलाई लाहान जानुपर्ने झटिलतालाई कम गर्न पालिकाको विशेष पहलमा यस पालिका भित्र लुक्लामा करदाता सेवा कार्यालय सारिएको बताउनुभयो ।










Discussion about this post