पौष २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ वाकुमा गाडी दुर्घटना भएको छ। आज दिउँसो करिब १२ बजेको समयमा जन्ती बोकेर आएको गाडी दुर्घटनामा परेको वडा अध्यक्ष रामप्रसाद मगरले जानकारी दिनुभयो।
दुर्घटनापछि तत्कालै उद्धार कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले बताउनुभयो। घटनास्थलमा प्रहरी टोली परिचालन भई घाइतेको उद्धार भइरहेको छ। दुर्घटनाबाट मानवीय क्षति भए, नभएको र घाइतेको संख्या लगायतका थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारणबारे पनि अनुसन्धान गरिरहेको छ।











Discussion about this post