पौष २८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ मा रहेको भकान्जे टि स्टेटले सोमबार आफ्नो साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा चिया उद्योगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सभामा भकान्जे टि स्टेटका अध्यक्ष जाङ्बु शेर्पाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो।
प्रतिवेदनमा चिया उत्पादनको वर्तमान अवस्था, बजार विस्तार, रोजगारी सिर्जना तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। त्यसैगरी, संस्थाको लेखा प्रतिवेदन सञ्चालक समितिका सचिव जानकी खड्काले पेश गर्नुभएको थियो। लेखा प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१र०८२ मा संस्थाको कुल खर्च ७७ लाख २३ हजार १२८ रुपैयाँ रहेको छ भने कुल आम्दानी ७७ लाख ४२ हजार ६५२ रुपैयाँ रहेको छ। कार्यक्रमबारे जानकारी देविन बस्नेतले दिनुभएको हो।











Discussion about this post