Tuesday, January 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

Radio Everest by Radio Everest
January 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २९, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको एनआइसी एशिया बैंकको शाखा कार्यालयमा भएको चोरी प्रयासले जिल्लाको बैंकिङ सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। रातको समयमा भएको उक्त घटनाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको सुरक्षा र सम्पत्तिको संरक्षण कति सुरक्षित छ भन्ने विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ ।

प्राप्त जानकारीअनुसार पुष २८ गते राति करिब १२ बजेतिर एक अज्ञात व्यक्तिले बैंकको मुख्य ताला तोडफोड गरी भित्र प्रवेश गर्ने प्रयास गरेको थियो । उक्त गतिविधि बैंक परिसरमा जडान गरिएको सीसी क्यामेरामा कैद भएको छ । यद्यपि चोरी सफल हुन नसके पनि यसले सम्भावित ठूलो जोखिमको संकेत गरेको सरोकारवालाहरूको भनाइ छ । घटनाप्रति प्रतिक्रिया जनाउँदै वित्तीय कर्मचारी मञ्च, सल्लेरी–सोलुखुम्बुले बैंक तथा वित्तीय संस्थाहरू देशको आर्थिक प्रणालीका संवेदनशील आधारस्तम्भ भएको उल्लेख गरेको छ ।

मञ्चका अनुसार यस्ता संस्थामा हुने आपराधिक गतिविधिले कर्मचारीहरूको जीवन सुरक्षा मात्र होइन, समग्र वित्तीय प्रणालीप्रतिको सार्वजनिक विश्वाससमेत कमजोर बनाउने खतरा रहन्छ । मञ्चले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा आपराधिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसले कर्मचारीहरूमा त्रास, असुरक्षा र मानसिक दबाब सिर्जना गरिरहेको जनाएको छ। सुरक्षित कार्यस्थल सुनिश्चित नहुँदा कर्मचारीहरूको कार्यक्षमता र सेवा प्रवाहमा समेत असर पर्ने मञ्चको ठहर छ ।

वित्तीय कर्मचारी मञ्चले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूको सुरक्षा, सम्मान र पेशागत मर्यादाको संरक्षण राज्यको प्राथमिक दायित्व भएको स्पष्ट पारेको छ। यदि यस्ता घटनाप्रति सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूले समयमै प्रभावकारी कदम नचालेमा यस्ता अपराध दोहोरिन सक्ने चेतावनीसमेत दिइएको छ। मञ्चले बैंक तथा वित्तीय संस्थाहरूमा सुरक्षा प्रबन्ध थप सुदृढ गर्न, जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न र दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

Previous Post

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

Related Posts

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
0

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly