पौष २९,सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ निवासी ओशिधन राईको नेपाली नागरिकता र पासपोर्ट हराएको छ । प्राप्त जानकारीअनुसार गत पौष १४ गते ललितपुर जिल्लाको धापाखेलस्थित गुठीमार्गबाट सातदोबाटो जाने क्रममा उहाँको नेपाली नागरिकता र पासपोर्ट हराएको हो । डिल्ली बहादुर राईका छोरा ओशिधन राईको जन्ममिति २०५८ साल साउन २१ गते रहेको बताइएको छ ।

नागरिकता र पासपोर्ट हराएपछि विभिन्न स्थानमा खोजतलास गर्दा पनि फेला नपरेको उहाँले जानकारी दिनुभएको छ । यस सम्बन्धमा सम्बन्धित निकाय तथा प्रहरी कार्यालयमा समेत जानकारी गराइसकिएको जनाइएको छ । उहाँका अनुसार उरियल राई र ओशिधन राई नामबाट बनाइएको एकै व्यक्तिको कागजातमध्ये पासपोर्ट नम्बर ११२९८३५६ उरियल राईको नामबाट बनेको र उरियल नाम गरेको नागरिकता तथा ओशिधन राईको नामबाट बनेको नेपाली नागरिकता हराएको हो ।

हराएका कागजात कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन वा सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिन उहाँले सबैमा अनुरोध गर्नुभएको छ । कागजात भेटाउने व्यक्तिले ९८०३६५८२९० नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।











Discussion about this post