Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरी च्याल्सा विद्युत कम्पनीको ३३औँ साधारण सभा सम्पन्न, उत्पादन क्षमता ४ मेगावाट पुर्याउने तयारी

Radio Everest by Radio Everest
January 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ३०, सोेलुखुम्बु । सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा हासिल गरेको वित्तीय नतिजा, भावी कार्यक्रम तथा सञ्चालनसम्बन्धी गतिविधिहरुको विस्तृत जानकारी गराएको छ।

कम्पनी अन्तर्गत रहेको ६०० किलोवाट क्षमताको सल्लेरी च्याल्सा जलविद्युत आयोजनामध्ये ४०० किलोवाट क्षमताको प्लान्ट करिब ३३ वर्ष र २०० किलोवाट क्षमताको प्लान्ट ११ वर्ष पुरानो रहेको जानकारी दिइएको छ। यस्तै, आयोजनाका सिभिल संरचनाहरु ३५ वर्षभन्दा बढी पुराना भए पनि नियमित तथा आवश्यक मर्मत–सम्भारका कारण हालसम्म आयोजनाले सन्तोषजनक उत्पादन दिइरहेको कम्पनीले जनाएको छ । भविष्यमा सोलुदुधकुण्ड नगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा कम्पनीको व्यवसायिक दायरा विस्तार गर्दै विद्युत उत्पादन क्षमता अभिवृद्धि गरिने योजना रहेको बताइएको छ।

हाल सञ्चालनमा रहेको उत्पादन क्षमतालाई ३ देखि ४ मेगावाटसम्म विस्तार गर्ने उद्देश्यसहित विद्युत विकास विभागबाट २०८१ साल पौष २ गते सर्वेक्षण अनुमति पत्र प्राप्त भइसकेको कम्पनीले जानकारी गराएको छ। आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले नियमित कार्यबाहेक थप ५९ नयाँ घरधुरीमा विद्युत जडान, ३ वटा नयाँ वितरण बक्स जडान, सडक तथा ढल विस्तारका क्रममा भूमिगत तार र बक्सको मर्मत तथा व्यवस्थापन, विभिन्न स्थानमा भूमिगत तार परिवर्तन लगायतका काम सम्पन्न गरेको छ। साथै, सडक हुँदै विद्युत लाइन विस्तार गर्दा सडक क्षति नहुने गरी भूमिगत पाइप बिछ्याउने कार्य पनि गरिएको जनाइएको छ।

यसै आर्थिक वर्षदेखि नेपाल विद्युत प्राधिकरणसँगको सहमतिमा सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ र ३ मा कम्पनीको ११ केभी लाइनबाट ट्यापिङ गरी प्राधिकरणमार्फत विद्युत वितरण सुरु गरिएको छ। विद्युत उत्पादनतर्फ हेर्दा, आर्थिक वर्ष २०८०/०८१ मा ४६ लाख १३ हजार ३ सय २० युनिट विद्युत उत्पादन भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ६ दशमलव ४४ प्रतिशतले कमी आई ४३ लाख १६ हजार १ सय ६० युनिटमा सीमित भएको छ। उत्पादन घट्नुको मुख्य कारण असोज महिनामा आएको निरन्तर बाढीका कारण इन्टेकमा ठूला ढुंगाहरु थुप्रिनु र ती हटाउने क्रममा कार्तिक महिनामा करिब १०–१२ दिन जलप्रवाह अवरुद्ध भई उत्पादन बन्द हुन पुगेको कम्पनीले स्पष्ट पारेको छ।

यस अवधिमा ११ लाख ७६ हजार १ सय ७९ युनिट विद्युत राष्ट्रिय प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिएको छ।वित्तीय विवरणअनुसार, आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ७ लाख ८८ हजार ५ सय ३७ रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी आर्थिक वर्ष २०८१/०८२ मा ० दशमलव ६३ प्रतिशतले वृद्धि भई ६ करोड ११ लाख ७१ हजार २ सय ८० रुपैयाँ पुगेको छ। सोही अवधिमा कम्पनीको कुल खर्च ३ करोड ६५ लाख २२ हजार ३ सय ११ रुपैयाँ रहेको छ। कर कट्टी पश्चात कम्पनीले १ करोड ९३ लाख ९१ हजार ४ सय २० रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ९ प्रतिशतले कम हो। कम्पनीको कुल शेयर पूँजी ६ करोड १४ लाख १२ हजार रुपैयाँ रहेको छ।

यसमध्ये १ करोड रुपैयाँ बराबरको साधारण शेयर र ५ करोड १४ लाख १२ हजार रुपैयाँ बराबरको अग्राधिकार शेयर रहेको छ। साधारण शेयरमा १ हजार १ सय ८ जना स्थानीय उपभोक्ताको ३४ प्रतिशत, सोलुदुधकुण्ड नगरपालिकाको ३३ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ३३ प्रतिशत स्वामित्व रहेको छ भने अग्राधिकार शेयर सोलुदुधकुण्ड नगरपालिका र नेपाल विद्युत प्राधिकरणको ५०÷५० प्रतिशत स्वामित्वमा रहेको छ। हालसम्म कम्पनीसँग १९ करोड ४ लाख ९८ हजार १ सय ५४ रुपैयाँ सञ्चित मुनाफा रहेको जनाइएको छ।

यसैबीच, आर्थिक वर्ष २०८०/०८१ मा सोलुखुम्बु जिल्लाबाट सबैभन्दा बढी कर बुझाएको योगदानको कदरस्वरूप करदाता सेवा कार्यालय ओखलढुंगाले राष्ट्रिय कर दिवसका अवसरमा कम्पनीलाई सम्मान गरेको जानकारी महाप्रबन्धक भोजराज तिवारीले दिनुभयो। साधारण सभामा कम्पनीका अध्यक्ष नुरु लामा शेर्पा, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ, नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, सञ्चालक समिति सदस्यहरु तथा उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Previous Post

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

Next Post

खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
0
Next Post
खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

Discussion about this post

Everest Highlights

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly