पौष ३०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ नासागराका ८२ वर्षीय लाक पुटि शेर्पाको कैलास हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि शेर्पालाई उपचारका लागि लुक्ला स्वास्थ्य केन्द्रमा ल्याइएको थियो ।
प्रारम्भिक जाँचका क्रममा उनलाई स्ट्रोक भएको पुष्टि भएपछि स्वास्थ्य केन्द्रमा आवश्यक उपचार सम्भव नभएको जनाइएको छ । थप उपचारका लागि गाउँपालिकाको पहलमा हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई काठमाडौँ पठाइएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले गम्भीर बिरामी तथा आपतकालीन अवस्थामा परेका नागरिकको जीवन रक्षाका लागि आवश्यक सहयोग गर्दै आएको जनाएको छ । स्थानीयवासीहरूले दुर्गम क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवामा हेलिकोप्टर उद्धार प्रभावकारी बन्दै गएको बताएका छन् ।










Discussion about this post