जेठ २६, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा ३ सय बढी सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज विरुद्वको खोप लगाइएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०–८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत १० लाख रुपैँया बजेट विनियोजन गरी ३ सय ३६ वटा कुकुरहरुलाई रेबिज विरुद्वको खोप लगाइएको छ, भने १ सय ४० वटा कुकुरको बन्ध्याकरण गरिएको पशु विकास शाखाले जनाएको छ ।
गत जेठ २ गतेबाट खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ खरिखोलाबाट शिविर सुरु भई वडा नं ४ डिङ्गबोचेमा सम्पन्न भएको पशु विकास शाखाका पशु विकास अधिकृत डा.नगेन्द्र खड्काले जानकारी दिनुभयो । छाडा कुकुरका कारण खुम्बु क्षेत्र अव्यवस्थित तथा दुर्घटनाको जोखिमसमेत बढेकाले कुकुरहरुको यथोचित व्यवस्थापनका लागि बन्ध्याकरण उपयुक्त विकल्प भएको डा. खड्काको भनाई छ । उक्त शिविर हार्ट नेपालको प्राविधिक सहयोगमा पालिकाको ५ वटै वडामा संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
Discussion about this post