जेठ २६, सोलुखुम्बु । नेकपा एमाले महाकुलुङ गाउँ कमिटीको अध्यक्षमा अजय ठटाल निर्विरोध चयन हुनुभएको छ । शनिबार पालिकाको दोस्रो गाउँ अधिवेशनबाट ठटालको अध्यक्षतामा ४१ जना सदस्य सर्वसहमत चयन गरिएको हो ।
उपाध्यक्षमा दिपक कुलुङ, सचिवमा उषा किरातीँ, उप सचिवद्वयमा पर्वत कुलुङ र नविना कुलुङलाई चयन गरिएको नेकपा एमाले जिल्ला पार्टीका सचिव कल्पना राईले जानकारी दिनुभयो ।
Discussion about this post