माघ २, सोलुखुम्बु । आसन्न प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभा हलमा कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयोगबाट सोलुखुम्बु जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएका जिल्ला न्यायाधीश चन्द्रकुमार पोखरेलले कार्यालयको औपचारिक उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत पोखरेलले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा नागरिक सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन आगामी माघ ६ गते हुने जानकारी पनि उहाँले दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।










Discussion about this post